आईसीसी टी-२० विश्वकप: उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौं। आजदेखि नवौँ संस्करण आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको छ। अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र क्यानडा खेल्दैछन्।

समूह ‘ए’को यो खेल बिहान सवा ६ बजे डल्लासको ग्रान्ड प्रेरी रंगशालामा सुरु भएको छ। नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्दैछ। नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग मंगलबार खेल्नेछ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ।

उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बंगलादेश छन्। दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ। त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ। वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ।