बालेन शाहले तानाशाही प्रवृत्ति देखाए: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरेका छन।शनिबार पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन।

काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको अगाडि फोहोर फालिदिएको घटनालाई लिएर ओलीले तानाशाही प्रवृत्ति देखाएको बताए।

उनले बालेन र काठमाडौं महानगरपालिकाको नाम नलिएरै सो टिप्पणी गरेका थिए। घरअगाडि फोहोर फालेको प्रसंग निकालेर त्यस्तो प्रवृत्ति तानाशाही भएको बताए।

‘मलाइ छिमेकीसँग अलिकति चित्त बुझेन रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर उसका ढोकामा फ्याँकिदिने? यो कुनै सभ्यता हो? ओलीले प्रश्न गरे।