आईसीसी टी–२० विश्वकप: अमेरिकालाई क्यानडाको १९५ रनको लक्ष्य

काठमाडौं। टी २० विश्वकपको उद्घाटन खेलमा क्यानडाले आयोजक अमेरिकालाई १९५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।

डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा १९४ रन बनायो।

क्यानडाका लागि नवनित डालिवालले ६१ र निकोलस क्लिटनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

आरोन जोनसन २३, पर्गत सिंह ५ र श्रेयास मोभ्या ३२ रन बनाउन सफल भए। यता अमेरिकाका लागि अलि खान,कोरे एडर्सनल र हार्मित सिंह १र१ विकेट लिन सफल भए। केही छिनमा दोस्रो इनिङ्स सुरु हुनेछ।