प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं। संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि पनि छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।