ओली,प्रचण्ड र रविसँग सिंगल–सिंगल भिड्दै गगन,देउवालाई हैरानी

काठमाडौं। आफ्नै पार्टी र सत्ता भित्र नै प्रतिपक्षजस्तो देखिने कांग्रेस महामन्त्री गगन थापा अहिले सहकारीको विषयमा भिडिरहेम्का छन्।

कांग्रेसले छानविन समितिमा सहमति गरेपनि गृहमन्त्रीमाथिको प्रश्न बलियो बनाएका उनी प्रधानमन्त्रीसँग हिसाब खोज्ने बताइरहेका छन्। जसले किन उनी सधै प्रश्न गर्छन भन्ने प्रश्नसमेत उब्जिदा यसबाट उनले पाउने लाभ के हो भन्ने चासो समेत बढेको छ।

सदा बागीका रुपमा देखिएका कांग्रेस महामन्त्री गगन थापा पार्टिले सहमती गरेपनि सत्ताविरुद्ध प्रश्न वुलन्द पारिरहेका छन्। सहकारी ठगी काण्डमा कांग्रेस हारेको आरोपकाबीच उनी समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका वोलाउन संसदबाटै सुझाव दिईरहेका छन्।

गल्ती र अनियमितामा जो सुकै संलग्न भएपनि छानविनमा आउनुपर्ने उनी कांग्रेसका नेताहरुलाई धम्काउन भन्दा धमाधम फायल खोल्न गृहमन्त्रीलाई आग्रह गर्दै आएका छन।

हुनपनि आफ्नै नेता जेल जादाँ तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएको भन्दै पार्टिभित्रै आलोचना खेपेका उनी छानविन सहमती सेफ ल्याडिङ नभएको प्रष्ट पार्न खोजिरहेका छन्।

जसले उनको सदावहरण वागीको अनुहार संसदमा प्रतिम्बित गर्दा यी तिनै व्यक्ति हुन जसलाई राजतन्त्र विरुद्ध नारा लगाएको भन्दै आफ्नै पार्टिका सभापति गिरिजा प्रसाद कोईरालाले भारतले प्रयोग गरेको मान्छे हो भएको आरोप लगाएका थिए।

पछि सबैले तय गर्ने बाटो नै गगनको नारा बन्दा उनी अहिले संसदमा गृहमन्त्रीले विदेशीलाई सुचना बेचेको भन्दै लगाएको आरोपको जवाफ खोजिरहेका छन् ।

हुन पनि आफ्नै ससुरासंग महामन्त्रीमा भिडेका उनी राजद्रोहको आरोपमा जेल नै गए । संसदीय दलमा शेरबहादुर देउवासंगै भिड्े भने सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसंग भिडे।

गिरिबन्ध टि इस्टेट काण्डमा ओलीसंग भिडिरहेका उनी सत्ता सन्चालका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भिडिरहेका छन्।

त्यस्तै हिजो सत्तामै रहदाँ आफ्नै पार्टिका मन्त्रीलाई कारबाहीका गर्नुपर्ने भन्दै भिडेका उनी आज आफैले हुर्काएका मनिष र स्वर्णिमसंग समेत उनी भिडीरहेका छन्।

यसले आखिर गगन किन भिडिरहन्छन भन्ने प्रश्न समेत उब्जाएको छ । जसलाई राजनीतिक विश्लेषकहरु भने उनको काम रुपमा समेत अथ्र्याउछन्।

प्रधामन्त्री बन्ने बाटोमा रहेका उनी मन्त्री बनेनन्,महामन्त्री भएपनि सभापतिले एकलौटि पार्टि चलाउन्छन भने यसले आफ्नै पाटि सुधार्न र आफ्ना आशा गर्नेहरुका लागि सपना देखाउन भएपनि उनी भिड्दै पर्ने वाध्यतामा छन्।

त्यस्तै पार्टि सत्तामा पुग्दा पनि उनको भाग डा। शेखर कोईरालाले खान्छन। जसलाई प्रदीप पौडेललाई मन्त्री बनाउन नसकेको उनको असफलता पुष्टि गर्दा जति भिड्यो त्यति चर्चा हुदाँ राजनीतिक फाईदाका लागि उनी भिडिरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।

हुन त उनको भिडाइँले पार्टिले क्षती समेत भोगिरहेको छ। परिस्थितीमा नभई प्रतिवेदनमै गठबन्धनका नगर्ने विषय उठाउने उनको प्रयास कांग्रेस पार्टि प्रतिपक्षमा पुग्ने एक कारण बन्यो।

फलत: निति र कुटनिति नबुझेको आरोप लाग्ने उनलाई गनगनकुमार नै भन्नेहरु समेत छन्। तर जे होस आफ्ना मुद्दालाई स्थागित गर्ने र निर्णायक क्षणमा आफ्नोतर्फ माहोल पार्न खप्पिस उनका यहि गगनले पार्टी होस कि सरकार कुहिए पनि गनाइहाल्न नभएको उनका पक्षधरहरु बताउँछन्। जुन केहिहदसम्म सत्य नै देखिदाँ नयाँ क्रेजका अघि आफ्नो अस्थित्व देखाउन पनि उनी बोलिरहने बाध्यतामा छन्।