प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। बालुवाटार निवासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।

आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए।

भेटवार्ताका क्रममा मधेशमा नयाँ सरकार गठनबारे छलफल भएको थियो। प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई जनमत नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

माधव नेपालले पार्टीमा छलफल गरेर मात्रै थप निर्णय गर्ने जवाफ दिएका छन्।