आज मिति २०८१ साल जेठ २२ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । काममा अरुको समर्थन पाइने छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नुहोला । रुपैया पैसा आर्जन हुने योग रहेको छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ। नसोचोको स्थानबाट धन आर्जन हुनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सोचे अनुसार काम बन्न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ। काममा कठिनाइ सहनु पर्नेछ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- व्यापार तथा उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्ने छन्। नसोचेको ठाँउबाट केहि लाभ होला। भाग्योदयको समय रहेको छ। अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ। आय सन्तोष जनक रहनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । कामहरु पनि सजिलै सँग बन्ने छन् ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । हात हतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन्। जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ। जागिरका क्रममा समस्या आउन सक्छ। अरुले आदर गर्नेछन्। मान सम्मान मिले पनि मनमा डर रहने छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोगिएर काम गर्नुहोला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्। अरुले तपाइको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम सुरु हुन सक्छ। नयाँ कामको लागि नयाँ अवसर आउनेछ। नयाँ कामका स्रोत फेला पर्लान्।