सुनको मूल्य आज बढ्यो कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।सुन आज तोलामा एक हजार सात सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।