सफा हिमाल अभियान अन्तर्गत ११ टन फोहोर सङ्कलन

सांकेतिक तस्वीर

काठमाडौं। सफा हिमाल अभियान–२०२४ अन्तर्गत नेपाली सेनाले ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरेको छ।

बुधवार काठमाडौँमा अभियान समापन समारोहको आयोजना गर्दै सेनाले यसबारेमा जानकारी दिएको हो। समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने बताए।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए। प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको उनको भनाइ छ। प्रधानपति शर्माले सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र साहसिक कार्य भएको बताए।