स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिका मखनमा अवस्थित स्क्वायर सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ का ६६ वर्षीय वाशुदेवमान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक र सहकारीका सदस्य धर्मरत्न पाछैंलाई शुक्रबार पक्राउ गरेको हो।

सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनीहरु पक्राउ परेपछि सीआईबीले सहकारीबाट पीडित निक्षपकर्ताहरुलाई सम्पर्कमा आउनु अनुरोधसमेत गरेको छ।