विश्वकप छनोट:नेपाल र यमनको २-२ गोलको बराबरी

फाइल तस्बिर

काठमाडौं। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग २-२ गोलको बराबरी खेलेको छ।

दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपालले बराबरी खेलेको हो। नेपालका लागि सञ्जीव विष्ट र जेलेप्सीजङ कार्कीले गोल गरे।

अन्तिम समयमा गोल बेहोरेपछि नेपालको जित टरेको थियो। यमनका लागि मोहम्मद अब्दुल्लाह अल दाही र नासर अहमद अल गवासीले गोल गरे।

एसियाली छनोटको दोस्रो चरणमा नेपालले पहिलो पटक गोल गरेको हो भने अंक पनि पहिलो पटक प्राप्त गरेको हो। नेपालले अघिल्ला ५ खेलमा १८ गोल बेहोरेको थियो भने सबैमा हार पनि बेहोरेको थियो।