महानगर प्रहरीद्वारा सिंहदरबारबाट दुई बालबालिकाको उद्धार

काठमाडौं। सिंहदरबारबाट काठमाडौं महानगरपालिकाको बाल उद्धार टोलीले बाल श्रम शोषणमा परेका २ जना बालबालिकाहरुको उद्धार गरेको छ।

आज विश्व बाल श्रम विरुद्धको दिवसको अवसरमा महानगर प्रहरीसहितको टोलीले सिंहदरबारस्थित एक चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो।

ती बालबालिकालाई भाँडा माग्ने,टेबुल सफा गर्न लगाउने लगायत विभिन्न काममा प्रयाग गरिएको पाइएको महानगरपालिकाले जनाएको छ।

उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु कानुनी रूपमा अपराध मानिन्छ।