मन्त्रिमण्डल हेरफेरबारे थाहा छैन: अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरबारे जानकारी नभएको बताएका हुन्।

उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए। अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचीका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे।