प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ।

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यी मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।