आज मिति २०८१ साल असार ४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा रमाइनेछ। वित्त आदिको पनि लाभ हुनेछ। आयआर्जनमा राम्रो दिन छ। केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा राम्रै धन लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- फलदायक समय छ। कमाइ बढ्नाले मन प्रसन्न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउने छन्। रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आर्थीक पक्ष ठिकै भएपनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला। हात हतियारबाट जोगिनु पर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ, कसैसँग बढी रिस पनि उठ्ला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- साथी भाइबाट मान सम्मान पाइएपनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ। काममा मन नजानाले कामहरु अधुरै रहने सम्भावना छ। मान सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको सुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन्। पढाइमा पनि प्रगति होला। चलअचल सम्पत्तिको कारोवार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ। पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्नुपर्ने छ। साथै, साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धनको लाभ पनि होला।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- सुखबाट टाढा हुनुपर्ने समय छ। साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ। नचाइने ठाँउमा धनको नाश होला। स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला। यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ। पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला। सामान्य रुघाखोकीले पनि सताउला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ। धनजनको पनि लाभ होला। कामहरु आज सजिलैसँग बन्नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला। बुद्धि विवेकले राम्रो काम गर्नेछ। अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ। आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ। मनोरंजनको समय रहेको छ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- खर्च भएपनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ। आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला। यात्राको योग छ। घरायसी समस्याले सताएपनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ। यात्रा पनि हुन सक्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ। निको भइसकेको रोगले पुन सताउन सक्छ। व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला। भौतिक साधनको पनि क्षति होला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- व्यवहारिक चिन्ताले सताएपनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन्। आज आलस्यले पनि सताउला। नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ। काम गर्नमा समय बिताए मन खुशी हुने छ, मन लगाएर काम गर्नुहोला।