राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन्।

उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए।

पुस्तिका च्यातेर फाल्ने मन भए पनि संसदीय मर्यादाविपरीत हुने भएकाले आफूले नफाल्ने बताए।