प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि सांसदहरूले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यस्तै, राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले विनियोजन विधयेक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ। सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो।