एमसीसीविरूद्ध विप्लव अझै आक्रमक,अर्थमन्त्रीले कार्यान्वयन गर्छु भन्नु देशको हित विपरित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले सुदूरपश्चिम-काठमाडौं जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्दै अब युवाहरूले देश चलाउने बेला आएको बताउनु भयो।

सुदूरपश्चिम-काठमाडौं जनसम्पर्क मञ्च राजनीतिक र सामाजिक कामसँगै जोडेर दुवै ठाउँबाट अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो। त्यस्तै अन्यायमा परेका जनतालाई न्याय दिनुपर्छ तर फ्रिमा न्याय दिन नहुने महासचिव विप्लवले टिप्पणी गर्नुभयो। हामीले जनताहरूलाइ फ्रिमा न्याय दिरहेका हुन्छौं तर जनताले हाम्रो पार्टीलाइ के दियो भन्ने कुराले पनि फरक पार्ने र मान्छेलाई राजनीतिक कुराले नै सम्झाउनु पर्ने बताउनु भयो। 

अहिले नेपाललाई कता लिनुपर्छ भन्ने जिम्मेवारी हाम्रो पार्टीकाे काधमा आएको छ, त्यसलाइ कसरी अगाडी बढाउने हो त्यो विषयमा हामीले विचार गर्ने बेला आएको विप्लवले बताउनु भयाे। 

नेपाललाई समाजवादमा लिनुपर्ने र देशभर रहेका युवाहरूले समाजिक कार्यमा लाग्नु पर्ने बताउनु भयो। सुदूरपश्चिमका युवाले जनसम्पर्क मञ्च प्रदेशबाट सुरू गरेकोमा अब यस्ता मञ्च हरेक प्रदेश र जिल्ला हुँदै वडा तहसम्म निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

संघर्ष र निर्वाचनलगायतका मोर्चाबाट पार्टी थप बलियो बनाउदै अगाडि बढाउनु पर्ने बताउनु दिनुभयाे। त्यस्तै परम्परागत पार्टीले गर्दा नेकपालाई पनि जनताले हेर्ने नजर एउटै भएकाले केही अप्ठ्यारो पर्न गएको बताउनु भयो। त्यसैगरी किरणले नेतृत्व गरेको पार्टीले क्रान्तिकारी भनेर जनताहरूलाइ भ्रम सृजना गरेर हाम्रो जस्तो वास्तविक कम्युनिस्ट पार्टीलाइ समेत अप्ठ्यारो परिस्थिति सृजना गरेकाे महासचिव विप्लवले स्पष्ट पार्नु भयो।

बर्षमान पुन (अनन्त)ले अमेरिकालाइ खुशी पार्न अहिले दैनिक एमसीसीको बारेमा बोल्ने गरेको बताउनु भयाे। अर्थमन्त्री बर्षमान पुन (अनन्त) ले एमसीसी जसरी भएपनि कार्यान्वयन गर्छु भन्दै अमेरिकालाई खुशी पार्न गरिरहेको प्रयासले राम्रो नतिजा नदिने बताउनु भयो। सरकारका अर्थमन्त्री पुनले एमसीसी कार्यान्वयन गर्छु भनेर अमेरिकालाई रिझाउने र सरकारको आयु लम्ब्याउने सपना देख्नु देशको हित बिपरितको काम भएको भन्दै विप्लवले नेकपा र माओवादीको एकता र सहकार्यको जारी प्रक्रियालाई भाड्ने उदेश्यले बिदेशीहरुले माओवादी भित्र चलखेलको प्रयास गरिरहेको बताउनु भयो।

कम्युनिस्ट पार्टीहरूलाइ अमेरिकले झोला बोक्न बाध्य पारेर कम्युनिस्ट पार्टीहरूलाइ सिध्याउने षड्यान्त्र गरिरहेको र त्यो अमेरिकाले गरेको षड्यान्त्र नेकपाले सफल हुन नदिने महासचिव विप्लवले बताउनु भयो।

अमेरिकाले नेपाली समाजलाइ बिकृत पार्न समलिङ्गी विवाह गर्नेहरूलाई प्रोसन गर्न थालेको र समलिङ्गी विवाह गरेर समाजलाइ भाड्नेहरूलाइ जहाँ भट्यो त्यहीबाट भाटा हानेर लखेट्नु पर्ने बेला आएको बताउनु भयो।मानवीय सभ्यतालाई नै सिध्याउन अमेरिकी साम्राज्यवादी तत्वहरू लागि परेको र त्यस्तो समाजलाइ विकृत तुल्याउने खालका गतिविधि गर्नेलाइ लखेट्नु बाहेक अर्को विकल्प नरहेको बताउनु भयो।

त्यस्तै कम्युनिस्ट आन्दोलनलाई सिध्याउन विभिन्न तत्वहरू लागि परेकाे बताउदै,अमेरिकी साम्राज्यवादीहरूले नेपाललाइ २१ औं शताब्दीबाट २० औं शताब्दीमा ल्याउन प्रयास गरिरहेको तर त्याे सफल हुन कुनै पनि हालतमा नदिने महासचिव विप्लवले बताउनु भयो।