मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर-१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो।

मोटरसाइलकमा तीन जना सवार थिए। दुर्घटनामा घाइते मेचीनगर-१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका छन्।