प्रधानमन्त्री प्रचण्ड–ओलीबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा संसदबाट आगामी आर्थिक वर्षको बजेट पास गराउने र मन्त्रीमण्डल पुर्नगठन लगायतका विषयमा छलफल केन्द्रीत हुने बताइएको छ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट बजेट पारित गर्ने तयारी गरिएको छ।