डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं। प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

पोखरेललाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप नियम (४) अनुसार सिफारिस गरिएको जनाइएको छ।