भूकम्पले चर्किएका घरहरु पुर्ननिर्माण गरेर बेच्न खोज्दै घरधनीहरु,जोखिममा सर्वसाधारणको ज्यान
रुषा थापा
२०७२ वैशाख १२ गते नेपालमा महाभूकम्प गयो । कयौं घर भूकम्पले भत्काए त कयौं चर्किए । त्यस्तै, धेरै अर्पाटमेण्टहरु पनि चर्किए । भत्किएर ढलेका घर त मानिसहरुले जगैबाट बनाए । तर, चर्किएका घर वा अर्पाटमेण्ट पुर्ननिर्माण गरिएन । त्यसमा रंग मात्र लगाइयो।
हिजो भूकम्पमा चर्किएका घर तथा अर्पाटमेण्टहरुलाई सम्बन्धित धनीहरुले रंग लगाएर, ढुंगा, मार्बल वा सिसा टाँसेर चिटिक्क बनाएका छन्। सानो भूकम्प आएपनि यी घर तथा अर्पाटमेण्टहरु ढल्ने छन्। त्यसैले, अहिले घरधनीहरु यस्ता घरहरु बेच्न लागिपरेका छन्। उनीहरुल सस्तो मूल्यमा घर बेच्न राखेका छन्।
छोरीभन्दा आमा तरुनी, किरिम पाउडरले’ यो गीतले केही वर्षअघि व्यापक चर्चा पाएको थियो। त्यसरी नै घरधनीहरुले भत्किन लागेको घरलाई समेत रंगरङ्गन गरेर चिटिक्क पारेर नयाँ घरजसरी बेच्न थालेका छन्। बुढोपाकाले भन्थे, ‘दुहुनो भैंसी किनेमा पाडो सित्तै।अहिले घरधनीहरु जग्गाकै मूल्यमा घर बेच्न खोजिरहेका छन्।
हामीलाई घरको मूल्य चाहिँदैन, जग्गाकै भाउमा दिन्छौं’ भनेर घरधनीहरु घर किन्ने मानिसहरु खोजिरहेको भेटिन्छन्। भूकम्प कुन दिन र कति बेला आउँछ ? केही ठेगान छैन। भूकम्प आउनासाथ यस्ता घरमा बस्नेहरु त्यँही घरले किचेर मर्नेछन्। यसले एकातिर पैसा पनि जान्छ त अर्कोतिर ज्यान समेत।
काठमडौं उपत्यकासहित देशभरका घरहरु जोखिमपूर्ण छन्। भूकम्पले चर्काएका घरहरुलाई रंगरङगन गरेर नयाँजस्तो मात्र बनाइएको छ। यसैले, भूकम्प आउँदा यी घरहरु भत्किँदैनन् वा ढल्दैनन् भनेर भन्न सकिँदैन। अहिले सार्वजनिक स्थलहरुमा धेरै घरधनीहरु घर किन्ने मान्छे खोज्दै हिँडेको भेटिन्छ।
उनीहरुलाई सोध्यो भने भन्छन्, ‘महिनौं भइसक्यो, ग्राहक खोजेको । अहिलेसम्म एउटै भेटिएको छैन ।’ ०७२ को महाभूकम्पले आफैंले बनाएको घरले आफैंलाई थिचेर सयौंले ज्यान गुमाए । हजारौं घाइते भए त कयौं अंगभंग हुन पुगे । ०७४ मा स्थानीय निर्वाचन भयो ।
चुनाव जितेर आएका जनप्रतिनिधि वडाध्यक्ष र मेयरले आफ्ना कार्यकर्ता वा नजिकको मान्छेलाई सरकारको मापदण्डभित्र नबनेका वा जोखिमपूर्ण घरलाई पनि सम्पन्नता प्रमाणपत्र दिए।
कतिपयलाई भन्सुनको आधारमा दिइयो त कतिपयसँग एक लाखदेखि पन्ध्र लाखसम्म खाएर वडाध्यक्ष र मेयरले घर सम्पन्नता प्रमाणपत्र बाँडे । घर सम्पन्नता प्रमाणपत्र भएपछि त्यो घर धितो राखेर बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिइयो।
यता, प्रमाणपत्र पाउनासाथ घरको मूल्य पनि बढ्यो त किनबेच पनि सजिलै हुने भयो । केही महिनाअघि रुकुम पश्चिम र जाजरकोटमा पनि भूकम्प गएको थियो । भूकम्पका कारण सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाए । कयौं घाइते भए । रातको समयमा आएको भूकम्पले मानिसहरुलाई आफ्रनै घरले किचेर माप्यो ।
०७२ सालको महाभूकम्पपछि यो भूकम्पबाट पनि धेरैले ज्यान गुमाए । यसको पनि प्रमुख कारण चर्किएका, भत्किन लागेका घर नै हुन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले यसअघि नै उपत्यकाभित्र बनेका ९५ प्रतिशत घर सरकारको मापदण्डभित्र पर्दैन वा जोखिमपूर्ण छ भनेर भनिसकेको छ । अहिले यस्ता घरहरुमा बैंक तथा वित्तिय संस्थाकै लगानी छ ।
भनिन्छ कि हावा नआई रुखको पात हल्लिदैंन । तीन वर्षअघि झण्डै तीन करोडमा खरिद गरिएको घर अहिले त्यसको आधा मूल्यमा बेच्छुभन्दा समेत ग्राहक नभेटिएको बताइन्छ।
त्यस्तै, सेयर र गाडीमा पनि यस्तै भएको छ। ३५ सय कित्तामा किनेको सेयर अहिले सय रुपैया बिक्दैन। २५ लाखमा खरिद गरिएको गाडी पनि पाँच लाखमा समेत बिक्री नभएको सुनिन्छ।
बजार पूरै मन्दीमा छ। सर्वसाधारण जनता मन्दीका कारण जीविकोपार्जन गर्नै गाह्रो भएको बताउँछन्। अहिले व्यापार व्यवसाय ठप्प छ। जताततै कोठा, सटर र फ्ल्याट खाली देखिन्छन्। बैंकहरु पैसा थुप्रियो भन्छन्। अहिले बैंकमा कर्जा लिन जाने कोही छैन। बैंकहरुको कर्जा लगानी सबै घरजग्गा, गाडी र सेयरमा छ।
अहिले ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । यता, ऋणीसँग पैसा छैन । उनीहरु बैंकको ऋण त तिर्न चाहन्छन् त पैसा कसरी जुटाउने ? धितो पनि त बिक्री हुँदैन । घरजग्गा, गाडी र सेयर दलालीहरुले सर्वसाधारणलाई नराम्ररी डुबाए । पाँच हजार आनामा बिक्री नहुने खेतीयोग्य जमिन प्लाटिङ गरेर आनाकै लाखदेखि करोडमा बेचे ।
भारतमा एक लाखमा पाइने गाडी यहाँ ल्याएर तीसौं लाखमा बेचियो । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन सेयर पनि एक हजारदेखि पाँच हजारसम्ममा बेचबिखन गरे । अहिले बैंकले धितो त लिलाम गरिरहेको छ । तर, किन्ने कोही छैन । अहिले बैंकहरुले धमाधम डिपोजिटको ब्याज घटाइरहेका छन् । यसको घुमाउरो अर्थ अब हामी पैसा मात्र राख्न सक्दैनौं भन्ने हो ।
बैंकले जति कर्जा लगानी गर्न सक्यो, त्यति नै फाइदा हुने हो । तर, कर्जा लिने नै कोही नभएपछि डिपोजिटको ब्याज बैंकले कसरी दिइयोस् ? अहिले बैंक डुब्न लागेको बैंककै अधिकारीहरुको भनाइबाट बुझिन्छ । यद्यपि, सर्वसाधारण जनताले अझै पनि यो बुझ्न सकेका छैनन् । उनीहरु अहिले पनि बैंकमा पैसा राखिरहेका छन् ।
अब बैंकले न बचतकर्तालाई ब्याज दिन सक्छ न त साँबा नै । किनकि बैंकको सम्पूर्ण लगानी डुबिसक्यो । बैंकले घरजग्गा, गाडी र सेयरमा गरेको लगानी बालुवामा पानी भएको छ। अहिले बजारमा सेयरको मूल्य प्रत्येकदिन घट्दो क्रममा छ । मालपोतमा घरजग्गा नामसारी ठप्प छ त यातायातमा पनि सवारीसाधन नामासरी तथा किनबेच शून्य छ।
बजारमा व्यापारीहरु भन्छन्,बहनी हुन्न, सटर खोल्नु मात्र हो।निजी संघसंस्था, प्राइभेट कम्पनी,होटल,रेस्टुरेन्ट,पसल वा घरमा काम गर्नेहरुले वर्षौदेखि तलब पाएका छैनन्। महंगी र बेरोजगारीका कारण अहिले गाउँ फर्किने र विदेशिनेको लहर छ। बजारको हालको अवस्थाले नै घरजग्गा, गाडी र सेयरलाई लयमा फर्किन दशक लाग्ने देखिन्छ।
तीन वर्षअघि सहकारीमा समस्या देखियो । सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको हल्ला चल्यो। तर, राष्ट्रिय सहकारी महासंघसहित सहकारी विभाग वा सरकारले समेत सहकारीमा समस्या नदेखिएको दाबी गरे। देशभर ३५ हजारभन्दा बढी सहकारी छन्। तीमध्ये आधाभन्दा बढी भागिसकेका छन् त सञ्चालनमा रहेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्।
सहकारीकै कारण बचतकर्ताहरु आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्। बचत फिर्ताको माग गर्दै आन्दोलन गर्दा कयौं बचतकर्ता प्रहरीको लाठीचार्जबाट घाइते भए । अनशन बस्दा कतिपय बचतकर्ताको ज्यान नै जोखिममा परेको छ। सहकारीकै कारण धेरै बचतकर्ताको घरवार बिग्रियो। परिवार लथालिंग हुन पुगेको छ।
दिनरातको झगडाका कारण श्रीमान–श्रीमतीबीच सम्बन्धविच्छेद हुन पुग्यो त कतिपय बुढाबुढी आमाबुबा पनि घरवारविहीन।अहिले बैंकले एउटासँग पैसा लिन्छ अनि अर्कोलाई ब्याज दिन्छ। कर्मचारीलाई तलब दिन्छ। घरलाई भाडा तिर्छ त दैनिक खर्च पनि चलाउँछ। बैंकको आम्दानी छैन भनेर सबैले थाहा पाइसकेका छन् ।
यता, बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना गरेको घटना पनि बाहिरिएका छन्। यसले बैंकप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ।
बैंकले एक करोड ऋण दिँदा दुई करोडको धितो राख्छ।
त्यसमा पनि दश÷बीस लाख त घुस नै खान्छन् बैंकका सञ्चालक तथा कर्मचारीहरु। सेवाशुल्क दुई प्रतिशत, ब्याज १८ प्रतिशत भनेर ४८ प्रतिशतसम्म असुल्छन् । अनि ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ८० लाखमै पचाउँछन्।
बैंककै कारण कतिपयले आत्महत्या गरे । आफ्नो परिवार समेत सिध्याए । अहिले बैंकको यस्तो ठगीधन्दा थाहा पाएपछि पनि सर्वसाधारण बैंकमा ऋण लिन नगएका हुन् । बैंक सहकारीको हालतमा पुगिसक्यो । तर, जनतालाई भ्रममा राखिएको छ । हिजो सहकारीमा मानिसहरुले पैसा लगेर त राखे । यद्यपि, सहकारीको लगानी कहाँ छ ? भनेर सोधखोज गरेनन्।
अहिले बैंकमा पनि मानिसहरुले पैसा त राखिरहेका छन् । तर, बैंकको लगानी कहाँ छ ? भनेर कुनै पनि बचतकर्ताले सोधखोज गरेका छन् । भोलि बैंक डुब्यो भने यीनीहरु पनि सहकारीकै बचतकर्ताजसरी सडकमा उत्रिन्छन् अनि आन्दोलन गर्छन्। त्यसैले, अब बचतकर्ताहरु पनि चलाख हुन जरुरी छ। आफुले बचत गरेको बैंकको लगानी कुन क्षेत्रमा छ भनेर जानकार हुनुपर्छ।
बैंकले धितो राखेको जग्गा पनि सरकारी, गुठी जग्गा रहेको पाइएको छ। यसको ज्वलन्त उदाहरण बालुवाटारस्थित ललिता निवास र बाँसबारीस्थित छाला जुत्ता कारखानाको सरकारी जग्गा हो । यसमा बैंकको अर्बौ लगानी छ। यो जग्गा सरकारले आफ्नो नाममा ल्याएसँगै बैंकको लगानी पनि स्वाहा भएको छ।
यहाँ मात्र होइन, देशभरका जग्गामा बैंकको लगानी छ। तर, तीमध्ये कयौं सरकारी, सार्वजनिक जग्गामा समेत बैंकले लगानी गरेको हुँदा बचतकर्ताको रकम नै जोखिममा परेको छ। बैंकले एउटै व्यक्तिलाई अर्बौ कर्जा प्रवाह गरेको छ। दुर्गा प्रसाई, मिनबहादुर गुरुङजस्ता व्यक्तिलाई बैंकले अर्बौ कर्जा प्रवाह गरेको छ।
यीनीहरुले बैंकको साँबाब्याज तिरेका छैनन्। अनि ऋणीले पैसा नतिरेपछि बैंकमा बचत गरेका बचतकर्ताको पैसा डुब्दैन भनेर कसरी भन्ने ? अब बचतकर्ताहरु सतर्क हुनुपर्छ। बैंकका बचतकर्ताहरुले डुब्नुअघि नै सोचविचार गर्नुपर्छ। नत्र सहकारीका बचतकर्ताको जस्तो हालत हुनेछ।