नेप्से परिसूचक ५.६० अंकले बढ्यो

काठमाडौं। आज नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो।

यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ। यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ।