घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि १७ रुपैयाँले घटेर प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।