रामेछापको लिखुमा बस दुर्घटना, सात जना घाइते

मन्थली । रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित बिर्ता लामपानीमा यात्रुबाहक बस दुर्घटना भएको छ। आज बिहान भएको दुर्घटनामा बसमा सवार ७ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको घटनास्थलमा उपस्थित स्थानीय प्रदीप श्रेष्ठले बताए। खिम्ति केउरिनि हुँदै मन्थली जाँदै गरेको अरनिको यातायातको बा५ख ५६२५ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको हो।

घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल उपाचारका लागि अस्पताल लैजाने तयारी गरिरहेका छन्। घटनास्थलमा प्रहरी पुगिनसककेको स्थानीयले जनाएका छन् । घटनाको थप विवरण आउन बाँकी छ।