राष्ट्र बैंकले ग-यो आर्थिक वर्षमा यी बैंकलाई कारबाही

काठमाडौं। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३, राष्ट्र बैंकको नीति तथा निर्देशन अनुसार नचल्ने र ग्राहक ठग्ने १८ वटा बैंक तथा वित्तीय संस्था कारबाहीमा परेका छन्। चालु आर्थिक वर्षको असार १३ सम्ममा एक दर्जन वाणिज्य बैंक,पाँचवटा विकास बैंक र एउटा फाइनान्स कम्पनी केन्द्रीय बैंकको कारबाहीमा परेका हुन्।

प्रथम पटक कारबाहीमा पर्ने अधिकांश बैंक तथा वित्तीय संस्थालाई चेतावनीपूर्वक सचेत गराएको राष्ट्र बैंकले चार वटालाई नगद कारबाही गरेको छ। यस्तो कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाहरूमा लक्ष्मी सनराइज बैंक,हिमालयन बैंक र मुक्तिनाथ विकास बैंक छन्। केन्द्रीय बैंकले यी बैंकहरूलाई एकमुष्ट २ करोड ५७ लाख ७१ हजार ४३४ रुपैयाँ ९ पैसा जरिवाना तिराएको छ।

चार वटा वित्तीय संस्थाहरूमध्ये समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंक दुई पटक नगद जरिवानामा परेको हो । प्रथम पटक पहिलो त्रैमासमा ७० लाख रुपैयाँ जरिवानामा परेको बैंकले दोस्रो पटक १० लाख रुपैयाँ जरिवाना तिरेको हो । बाँकी १५ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई भने राष्ट्र बैंकले प्रथम पटक सचेत गराएको छ।

आर्थिक वर्षभित्र कारबाहीमा परेका बैंकहरूले नियामक राष्ट्र बैंकको आँखा छल्दै ऐन, नियम, नीति, निर्देशन नमान्नेदेखि ग्राहकहरूसँग बढी ब्याज असुल्नेसम्मका गतिविधि गरेका छन् ।

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिमा संलग्नको शंका लागेको बैंकलाई तत्काल नगद कारबाही गरिएको छ भने तोकिएको कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कामय नगर्ने बैंकलाई साढे १ करोड रुपैयाँभन्दा बढीको जरिवाना गरिएको छ ।

आर्थिक वर्षमा कति बैंक परे कारबाहीमा 

केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन्। लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक,एनएमबी बैंक,एनआईसी एसिया बैंक,नबिल बैंक र सिटिजन्स् बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन्। यीमध्ये दुई वटालाई नगद र चार वटालाई प्रथम पटक सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी दोस्रो त्रैमासमा तीन वटा वाणिज्य बैंकसहित दुई वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी केन्द्रीय बैंकको कारबाहीमा परेका छन् । यीमध्येको मुक्तिनाथ विकास बैंकलाई ग्राहक पहिचान सिस्टम (केवाईसी)को परिपालना नगरेको कसुरमा नगद १० लाख रुपैयाँ जरिवाना गरिएको छ भने बाँकी ५ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराइएको छ।

तेस्रो त्रैमासमा चार वटा वाणिज्य बैंकसहित दुई वटा विकास बैंकलाई कारबाही गरिएको छ। जसमध्ये लक्ष्मी विकास बैंकलाई थप १० लाख रुपैयाँ जरिवाना गरिएको छ भने बाँकी ५ वटा संस्थालाई सचेत गराइको छ।

  आर्थिक वर्ष २०८०/८१ को असारसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकको कारबाहीमा 

        p

    2

3