ओलीलाई प्रधानमन्त्री बनाउदै आरजु जोगाउने दाउमा देउवा,के गर्लान गृहमन्त्री रवि ?

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार मुख्य विचौलीय बेचन झाको पक्राउले नेपाली राजनीतिमा तरंग छाएको छ। विशेषगरी शरणार्थी व्यवस्थापनको काम भइरहेका बेला उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका उनको पक्राउले नेपाली बेच्ने कुकर्ममा शीर्ष नेतासमेत तानिने सम्भावना बढेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलीया र सिंहदरबारको उठबस गराउने मुख्य नाइके बेचन झा पक्राउ परेसँगै राजनीतिक दलहरुको बेचैनी सुरु भएको छ।

यसको सुरुवाती बाछिटा नेपाली कांग्रेसमा देखियो। किनभने अघिल्लो दिन पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र दोस्रो दिन मुख्य नाइके झा पक्राउ पर्ने बित्तिकै श्रीमती बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा बालकोटको बार्दलीमा पुगे।

बाहिर सत्ता समीकरण परिवर्तनका लागि छलफल भएको भनिए पनि नेताको चुलो चौकासम्मै कनेक्सन बनाएका झाको पक्राउ र देउवा परिवारको दौडलाई संयोग मात्रै मान्न सकिँदैन। किन कि बेचनले मुख खोलेकै दिन मै हुँ भन्नेहरु खोरमा पुग्ने अवस्था आउनेछ। यो कुकर्ममा संलग्न थप राजनीतिक व्यक्तिहरुको पात्रो झासँगै छ।

राजनीतिक पहुँच र प्रभाव देखाउँदै सिंहदरबार, बालुवाटार र भारतीय दूतावासको समेत नाम बेचेर नेपाली बेच्ने मिसनमा डरलाग्दा पात्र हुन् बेचन झा। उनको कनेक्सन त्यतिबेला मन्त्रीदेखि सचिवहरुसम्मै थियो।

बालकोटदेखि बालुवाटारसम्म यीनको जालो छ। तर कांग्रेसीहरुसँग बढी उठबस भएकाले नक्कली शरणार्थीको लहरो पनि उतै तानिने देखिन्छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान गराउने काम पनि बेचनबाटै भएको थियो।

देउवा र आरजुसँग पनि बेचनकै बलमा गिरोहको सम्पर्क स्थापित भएको चर्चा भए पनि उनको मुखबाट यो तथ्य खुल्न बाँकी छ। सम्भवतः यही एक वाक्यले अनुसन्धानलाई नयाँ मोडतिर लैजानेछ।

यतिमात्र नभई जलविद्युतका समेत ठूला माफिया यीनले तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीसँग सम्बन्ध बनाएका थिए। पछि त्यसको प्रयोग पनि नेपाली बेच्ने कुकर्ममै लगाए। रायमाझी अहिले जेलमा छन्। झाको काठमाडौं मध्यबानेश्वरमा घर छ। जहाँ केही दिनदेखि सीआईबी घुमिरहेको थियो।

तर घरको गेट समेत रिमोटले खुल्ने गरीको सुरक्षा उनले अपनाएका रहेछन्। नक्कली शरणार्थी प्रकरणमा समेत यीनले वास्तविक सकुम्बासीको पुर्नवासको व्यवस्था गर्न गठन गरिएको कार्यदलमै छिरेर विषयगत कागजात मन्त्रिपरिषद्बाट पारित गराउनमा समेत भूमिका खेलेका छन्।

यसै पावरको फाइदा उठाउँदै उनले विचौलीयाहरुलाई मन्त्री र सचिवहरुसँग भेट गराउने र त्यसवाफ २ करोडसम्म रकम लिने गरेका थिए। यीनले यही काण्डमा पक्राउ परेर छुटेका विचौलिया रामशरण केसीसँग दुई करोडको चेक लिएको सार्वजनिक नै भएको थियो। आरोपीहरू पक्राउ पर्न थालेपछि फरार भएका थिए।

अहिले पनि ११ जना प्रतिवादी फरार सूचीमै छन्। सरकारी वकिलले सीआईबीलाई दोस्रो चरणको अनुसन्धान गर्न समेत भनेको थियो। तर, सीआईबीको गति नै सुस्तायो।

अहिले पनि दोस्रो चरणको अनुसन्धान सुुरु भएको हो वा पूरक अनसन्धान नै हो यसबारे भने प्रहरीले कही पनि बताएको छैन। तर, फाइन नै छुन डराएको भन्दै रवि लामिछानेमाथि लाग्ने गरेको आरोप भने मत्थर हुँदै गएको छ।

अब फाइल खोल्न गृहमन्त्री लामिछानेको सक्रियता र दलहरुको बेचैनी बुझौँ। शनिबारको बालकोट बसिबियालोलाई अर्को कोणाबाट हेर्दा, अहिले रवि लामिछानेले पाएको गृह मन्त्रालय एमालेले दिएको र ओलीकै आदेशमा चल्ने गरेकाले देउवाले ओलीसँग आग्रह गरेको हुन्सक्छ।

त्यसमाथि बिभिन्न प्रकरणहरुमा आफ्ने नेताहरु पर्नसक्ने भएकाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेरै भए पनि सत्तापक्ष बन्ने र यी सबै संकट मोचन गर्ने तयारीमा देउवा छन्।

किनकि गतवर्ष भदौमा पनि शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु गर्ने तयारी भएका समयमा देउवाले गृहमन्त्रालयमा अनावश्यक दबाब दिएर नियमावली विपरीत प्रहरी सरुवाको अतंक मच्चाएका थिए।

त्यसपछि प्रहरी सेलाएको थियो। तर पछिल्लो समय सहकारी ठगी प्रकरणमा लामिछानेलाई नै ठग करार गरेर कांग्रेसले मुद्दा उठाएका रविको टार्गेटमा आरजु लगायत नेताहरु पर्दै आएका थिए। यतिसम्म कि मनिष झा लगायतका नेताहरुले कांग्रेसका नेता पक्राउ पर्ने धम्की संसदमै दिने गरेका थिए।

रास्वपामाथि अहिले सरकार छाड्न पार्टीबाटै दबाब समेत बढिरहेका बेला ठूला नेता पक्राउ गरेर सरकार छाड्ने बाटो सफा गर्ने वा बोल्न डिसिजनको निकट रवि पुगेको विश्लेषण भइरहेको छ।

धेरैले देउवा र आरजुको हठात्को बालकोट बसाईलाई सत्ता परिवर्तको शुत्रमा रुपमा मात्रै विश्लेषण गरे पनि यी घटनाक्रम र यो भेटलाई संयोग मात्रै मान्न सकिँदैन। अहिलेसम्म भुटानी शरणार्थीको मुख्य नाइकेसम्म नै नपुगेका बेला बेचन झाको पक्राउ महत्वपूर्ण हो।

आरजुसँगै यही प्रकरणमा थनामुक्त भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्ज लगायतको संलग्नताको समेत आशंका गर्ने गरिएको छ। सचिव र मन्त्रीको तहसम्म मात्रै नाम पोलिएका बेला झा र थापाको पक्राउले त्यो भन्दा उपल्लो स्तरका हाइप्रोफाइलको भविश्यसमेत निर्धारण गर्ने देखिन्छ।