आज मिति २०८१ साल असार १८ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धेरै बोल्ने बानीले दुःख पाइएला, होस पुर्याउनु होला। धनको नाश पनि होला। सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला। स्वास्थ्यमा समस्या आउला। साथै, उपचारका लागि खर्च हुनेछ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आफूभन्दा ठूला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ। साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। काममा जोश जागँर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ। उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। बिस्तारै कामहरु बन्न थाल्ने छन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी घर परिवारबाट सुख शान्ती पाइने छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। खर्च धेरै नै बढ्ने छ। कामकै पछि लागेपनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचे अनुसार काम बन्न कठिन छ। नयाँ लुूगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ। पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ। ब्यापारमा सोचे अनुरुपको फाइदा होला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ। आर्थिक लाभ पनि होला। पैतृक सम्पतीबाट लाभ हुनुका सथै धार्मिक कार्यमा सम्लग्न हुने समय छ। बाहान चौपाय आदी प्राप्त होला। साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला। शारिरीक तथा मानसिक आलस्यता बढ्नेछ। झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ। मान सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ।