प्रचण्डलाई बाबुरामको व्यङ्ग्य: सबैलाई सधैँभरि ठग्न सकिँदैन

फाइल तस्वीर

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्,चर्चित भनाइ छ- केहीलाई सधैँभरि ठग्न सकिन्छस सबैलाई केही बेर ठग्न सकिन्छस तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ। सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ।