एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने

काठमाडौं। नेकपा एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने भएका छन्। वर्तमान सरकारमा एकीकृत समाजवादीबाट सहभागी दुई मन्त्रीहरुले राजीनामा नदिने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरुको विश्वासको मत रहेको भन्दै उनले मन्त्रीहरुले राजीनामा नदिने बताएका हुन्। एकीकृत समाजवादीबाट सहरीविकास र संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ। सहरी विकासमन्त्री धनबहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन्।

सरकार फेरबदल हुने निश्चित भएसँगै नेकपा एमालेका मन्त्रीहरुले भने राजीनामा बुझाइसकेका छन्। साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। त्यस्तै, रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेको छ। एमाले सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्।