कर्णालीको तिरमा पालिकाको सेवा

बाजुरा (कोल्टी)। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँ पालिकाले पालिका भरिका जनतालाई नून उपलब्ध गराएर सेवा प्रवाह गरेको छ । जिल्लाको भौगोलिक विकटता र सरकारी सेवाको सहज पहुँच पुगाउन कठिन विकट यो पालिकामा विगतदेखि खाने नून र खाद्यान्नका लागि एक दिन खर्चेर गाडी भाडा तिरेर बुढीनन्दा नगरपालिकाको कोल्टी खाद्य डिपो धाउनुपर्ने वाध्यता यश पालिकाका जनताको थियो।

यो पालिकाका जनताको समस्या देखेर साल्ट ट्रेडिङ् कर्पोरेसन लिमिटेड धनगढीमा धायर अनुदान सहुलियतमा पालिकाबाटै नून वितरण गर्ने अथक पहल पछि सफल भएको कुरा पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनु भएको छ।

नूनका लागि खरिद विक्री अस्थायी डिपो संचाल गर्न सफल भएपनि चामलका लागि पहल भैरहेको अध्यक्ष रोकायाले बताउनु भयो ।यहि महिनाको १९ गतेदेखि पालिकाको कृषि हाट बजार संकलन केन्द्रबाट वडा नं ५ बाट वितरण शुरु गरि क्रमश सबै वडामा नून वितरण गर्ने कुरा प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले बताउनु भयो । प्रतिकेजी १२ रुपैयाँमा पालिकामै नून उपलब्ध गराउँदा पालिकाका जनता खुशी भएका छन ।

एक दिन हिडेर कम्तिमा हजार रुपैयाँ खर्च गरेर ५ देखि १० केजी नून ल्याउन कोल्टी डिपो धाउनु परेने वाध्यताको अन्त भई पालिकाबाटै नून पाएकोमा पालिकाले जनतामुखि राम्रो काम गरेको वडा नं ५ का स्थानिय गमबहादुर महताराले बताउनु भयो ।

तेसै गरि घरको दैलोमा नून पाउँदा धेरै खुशी भएको कुरा वठा नं ४ का स्थानीय छायानाथले बताउनु भयो । नून घरको दैलोमा पायौं अब चामल पनि पालिकाबाटै पाउनेमा आशावादशि भएको नून लिन आएका स्थानीयले बताएका छन ।

प्रति घरधुरी १० केजीका दरले दोहोरोपना नआउने गरि प्रत्येक वडाको वितरण तालिका बनाएर प्रतेक महिना वितरण गरिने नून खरिद विक्रि केन्द्रले बताएको छ।

सुर्खेत डिपोाट २ हजार र कोल्टी डिपोबाट ५ सय क्विन्टल गरि २५ सय क्विन्टल खरिदविक्रिका लागि स्वीकृति सम्झौता भएको पालिका अध्यक्ष रोकायाले बताउनु भयो।

वडा नं ५ देखि १ सम्म क्रमश वितरण तालिका अनुसार नून वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर रोकायाले बताउनु भयो ।
पालिकाबाट घरको दैलोमा नून पाउँदा सेवाग्राही जनतामा खुशीयाली छाएको छ ।

 -सर्पलाल गिरी रेडियो शिम्भुनाथ कोल्टी बाजुरा