पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्ड अवरुद्ध

फाइल तस्वीर

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले सुर्खेतको कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ।

कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।

बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।