नेपाल प्रहरीका एआइजीदेखि इन्स्पेक्टरसम्म घर जाँदै,यी एसएसपी बढुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीमा शुक्रबारदेखि एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र एक जना डिआइजीको पद रिक्त भएको छ। एआइजी उमेशराज जोशी र एआईजीमा सिफारिस डिआइजी पोषराज पोखरेल अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको छ।

उमेशराज जोशी असार १९ पोखरेल २१ बाट अनिवार्य अवकासमा गएका हुन्। उनीहरुको अवकाशपछि अहिले भतरबहादुर बोहरा,दुर्गा सिंह,रवीन्द्र केसी,रामदत्त जोशी, बुद्धिराज गुरुङ,किरण राणा,कुवेर कडायत,केदार ढकाल,विष्णुकुमार केसी,चन्द्रकुबेर खापुङ,जनक भट्टराई,लालमणि आचार्य लगायतका डिआइजी प्रतिस्पर्धामा छन्। सरकारले सुरुमा रिक्त एआइजीमा यी डिआइजीहरूमध्येबाट बढुवा गरेपछि एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस गर्नेछ।

जसमा हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज बिष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन्। चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए। एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे।

२०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने। उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन्। यसबाहेक ठूलो संख्यामा भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जादैछन्। २० भदौमा एआइजी श्यामराज ज्ञवालीले अवकाश पाउनेछन्।

यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५ भन्दा कम छ । ३० वर्षे सेवाहदका कारण ठूलो संख्यामा प्रहरीले अवकाश पाउन लागेका हुन्। जसकारण सो टोली ३० वर्षे सेवाहद हटाउने लबिङमा लागेको छ।

गृह मन्त्रालयले पनि यस विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो । कार्यदलले प्रतिवेदन पनि दिइसकेको छ । तर पनि त्यो प्रतिवेदन कार्यान्वयन हुने संभावना निकै कमजोर रहेको छ।

अब नयाँ सरकार बन्ने भएपछि ३० वर्षे सेवाहदको विषयमा के निर्णय हुन्छ हेर्न बाँकी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै सेवाहद हटाउनुपर्ने बताउँदै आएका भएपनि यो विषयमा नीतिगत निर्णय नै गर्नुपर्ने भएकाले यही वर्ष हुने संभावना निकै कमजोर रहेको छ।

भदौ १६मा डिआइजी विष्णुकुमारी केसी, एसएसपीहरु जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा,डिल्लीराज विष्ट,बेलबहादुर पाण्डे,दिनेशराज मैनाली, नवीनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई, रवीन्द्र रेग्मीले अवकाश पाउँदै छन्।

त्यसैगरी एसपीहरु कृष्ण प्रसाईँ,प्रेमबहादुर बस्नेत,राजेन्द्रबाबु रेग्मी,लक्ष्मीराज अधिकारी,देवेन्द्रबहादुर पाल,विष्णुहरी कोइराला,अवदेश बिष्ट क्षेत्री, नरेन्द्रकुमार कार्की, टेकनन्द इवा लिम्बू, चित्रबहादुर गुरुङ, नवीनकिशोर प्रधानले अवकाश पाउने भएका छन्।

डिएसपीहरु श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेशबहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरणप्रसाद न्यौपाने, होमबहादुर थापा, मनोज कुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजनकुमार गौतम, महेश बस्नेत, भरतकुमार शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायण बहादुर श्रेष्ठ, राकेशकुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मतबहादुर बोहरा, अनिल कुमार उप्रेती, शैलेन्द्र कुमार खड्का, उद्धव प्रसाद अधिकारी, रामबहादुर चन्द, सुजित कुमार ओझा, फणिन्द्र रानाभाट, विजय थापा, जमुनाकुमारी बस्नेत रहेका छन्।

प्रहरी निरिक्षकहरु योगराज न्यौपाने, शान्तराम कार्की,हिराबहादुर केसी,खेमराज कडायत, सरोज कुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओम प्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुन प्रसाद पोखरेल, उदयमान द्विवेदी, काशीराज रेग्मी, हरि विष्णु ढकाल, रविभूषण प्रसाद यादव, राजेन्द्रप्रसाद यादव, उदयसिंह सिजापती छन्।

त्यसैगरी मोहन थापा, कलेन्द्र बिक्रम शाही, मान प्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवध किशोर ओझ, विजय भण्डारी, भिमबहादुर कार्की, प्रेम बहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलम बहादुर भण्डारी, तिर्थबहादुर भण्डारी, जगदिश पौडेल, गोपाल चालिसे, कमल आचार्यले अवकाश पाउँदै छन्।