देउवा–ओलीको मन्त्रीमा भागबन्डा मिल्यो,गृह र अर्थको टुंगो

काठमाडौं। असार २८ सम्म केही गर्न नसक्ने अवस्था बनेपछि नयाँ समीकरणका शीर्ष नेता यसैलाई उपयोग गर्ने बाटोमा अघि बढेका छन्। नेपली काँग्रेसले गृह मन्त्रालयसहित ११ मन्त्रालय लिने र नेकपा एमालेले प्रधानमन्त्री र अर्थ मन्त्रालयसहित ९ मन्त्रालय लिने देउवा र ओलीबीच सहमति भएको छ।  फलतः पद सम्हाल्ना साथ काम गर्नसक्ने अवस्था सिर्जना गर्न एमाले अध्यक्ष केपी शर्मा ओली लागि पर्दा देउवा प्रचण्डका रणनीति कमजोर बनाउने बाटोमा छन्। यही समयमा मन्त्रीको मापदण्डसम्म पूरा गर्ने बाटोमा रहेका उनीहरुले केके गर्दै छन् त ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गतेअघि केही गर्न नसकिने अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली रहँदा यो बीचमा आवश्यक तयारीमा लागेका छन्। फलतः पहिले राजीनामाका लागि दबाब सिर्जना गर्ने गरी अघि बढेका उनले पार्टी कामको व्यवस्थापनसहित मन्त्री छान्ने गृहकार्य अघि बढाएका छन्।

जनतालाई डेलिभरी दिनसक्ने सरकार गठन गर्ने भनिएकाले पनि यो पटक सरकारमा काम गर्न सक्ने व्यक्ति छानेरमात्र पठाउने तयारी एमालेले गरेको छ। नाम छान्ने अन्तिम जिम्मेवारी ओलीलाई नै दिएको एमालेले मन्त्री हुन तीन ओटा मापदण्ड बनाउने तयारी गरेको छ । यसले पार्टीको जिम्मेवारी हेरफेरसम्मको विषय निर्णय गराउनु पर्ने भएकैले एमालेले मंगलबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

योबीचमा प्रचण्डकै कारण संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने बहससमेत छ । फलतः शीतलनिवासले चलाखी गर्न सक्ने आशंकामा रहेका ओलीले सहमतिको विषय आफ्नो पार्टीबाट मात्रै नभई शेरबहादुर देउवालाई दबाब बढाएर कांग्रेसबाटसमेत पास गराएका छन्। जसले उपधारा ३ अनुसारको पात्रले नचाहँदा माओवादीको मात्र ईच्छाले उपधारा २ अनुसार नहुने बहस सिर्जना भएको छ ।

जहाँ देउवाले यो दुविधा अन्त्य गरिदिइसकेका छन् भने ओलीले पनि उनको बचनमा पूर्ण विश्वास भएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन्। यो बाहेक प्रदेशबाट आफ्ना मन्त्री फिर्ता गर्नेदेखि प्याकेजमै सहमति अघि बढाउने बाटोमा रहेका उनी पद समालेकै दिनबाट रफ्तारमा काम गर्ने अवस्था सिर्जना गर्न अग्रसर छन्। अर्थात आवश्यक कानुनी परामर्शमासमेत सक्रिय उनीहरु प्रचण्डकै कारण पाएको यो समयको उपयोगको भगमग्दुर प्रयासमा छन्।

यही बीचमा उनीहरु यो चोटी सिनियर र अनुभवीलाई मन्त्री बनाउने निचोडमा पुगिसकेका छन्। यसले सरकारमात्र नभई गठबन्धन नै बलियो बन्ने उनीहरुको बुझाईकाबीच प्रचण्डका प्रहार विफल बनाउने हर कदम ओलीले चालिसकेका छन्।

त्यस्तै पटक पटक लिखित सम्झौता गरेर देउवालाई बाध्ने,मधेशका दलहरु सहभागी हुन चाहे सहभागी गराउने उनीहरुको तयारी छ। यसले संविधान संशोधन हुने आशको जवाफ मिल्दा सहमति के भयो भन्न नखुलाउने तर एजेण्डाको ट्रायल गर्ने कामसमेत उनीहरुले गरिरहेका छन्।

त्यस्तै रेशम चौधरीदेखि राप्रपासम्म समेट्ने आवश्यक तयारीमा लागेका उनीहरु यो शक्तिलाई मन्त्री बनाउने वा अन्य व्यवस्थापन गर्ने हो भन्ने छलफलमा छन्।

जसले उनीहरुले अहिले प्रतिपक्षमा उभ्याउन चाहेको शक्ति माओवादी, रास्वपा र एकीकृत समाजवादी भएको पक्का हुँदा यी शक्तिले प्रतिपक्षबाट गर्न सक्ने पंहारको आवश्यक तयारी समेत नयाँ समीकरणले गरिरहेको छ।

जहाँ रास्वपाप्रति ओली नरम माधवप्रति देउवा नरम हुने अवस्थाले उनीहरु पनि नरम प्रतिपक्ष बन्ने सम्भावना बलियो हुदाँ बलियो शक्ति सहितको आफ्नो सत्ता कसैका कारण डगमगाउन नसक्ने भाष्य सिर्जना गर्न समीकरणका दलहरु व्यस्त छन्।

हुन पनि च्यासलमा आफैँ बसेर ओलीले गठबन्धनबाट के काम गराउने र समीकरणलाई कसरी अघि लगाउने भनेर छलफल नै गराए। त्यस्तै समीकरण निर्माण पछि ओली देउवाले सार्वजनिक कार्यक्रममा गएका छैनन्।

यसले अनावश्यक घोचपेच र चलखेल कम हुँदा प्रचण्डको कदम कमजोर बन्दै छ। त्यस्तै प्रचण्डले पम्फा भुसाल नै भारत पठाएर तलमाथि गर्न खोजे पनि भूराजनीतिसंग जुध्ने आवश्यक तयारीमा समेत देउवा ओली छन्। यता देउवाले त प्रचण्ड र पूर्णबहादुर खड्काको संवाद टुटाइदिएर एमालेप्रति एकभक्त एकाग्र भएको सन्देश नै दिइसकेका छन्।