रविको क्लव’बाट निष्कासित भएको हुँ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट हटाइएका मुकुल ढकालले आफु ‘रवि लामिछाने क्लव’बाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएपछि सामाजिक सञ्जालमार्फत ढकालले आफु ‘लामिछाने क्लब’बाट मात्रै निस्कासित भएको भन्दै राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प नरोकिने बताएका हुन् ।

उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन। रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि।