भूकम्पको धक्का
काठमाडौं। ताप्लेजुङमा भूकम्प महसुस गरिएको छ।
मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।