राष्ट्रपतिद्वारा धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि प्रतिनिधिसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्नआइतबार साँझ ५ बजेसम्मको समय दिएको शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

यो संगै नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन्।