कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

काठमाडौं। नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ।कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो।

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। उनले भने,सकेसम्म एकै पटक नाम दिन्छौं।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ। उक्त सरकारमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड बनाउन शनिबार कांग्रेसको बैठक बसेको हो।

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले शुक्रबार बिहान चितवनमा भएको बस दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै बेपत्ताको खोजी तिब्र पार्न सरकारलाई आग्रह गरेको छ।