रुकुमपश्चिममा बाढीले बगाउँदा तीन बालकको मृत्यु, एक बेपत्ता

फाइल तस्वीर

सुर्खेत। रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा १२ को बगर नजिक खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्।

तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा तीन बालकको मृत्यु भएको हो भने एक वयस्क व्यक्ति बेपत्ता भएका हुन्। खोलाले बताउँदा ६ जना घाइते समेत भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी बखत शाहीले बताए।