नेकपाद्वारा सुदुरपश्चिममा १४ बिघा जमिनमा धान रोपाइँ सम्पन्न

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेश समितीले १४ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ। नेकपाको देशव्यापी उत्पादन अभियान अन्तर्गत सुदुरपश्चिमका कैलाली र कञ्चनपुरमा धान रोपाइँ सकिएको केन्द्रीय प्रतिनिधि समिति सदस्य निरक सीले जानकारी दिएका छन्।

आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता-कार्यकर्ता र कृषिद्वारा आत्मनिर्भरता र उद्योगद्वारा समृद्धि हासिल गर्ने उदेश्य सहित नेपाल कम्युनिस्ट पार्टीले देशभर धान खेती, तरकारी खेती, फलफूल खेती ,पशु पालन , कुखुरा पालन तथा माछा पालन समेत गरिरहेको छ।

नेकपाले सुदुरपश्चिम अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी वडा न.९ को रतिपुरमा ४ बिघा, लम्की चुहामा ३ बिघा,कैलाली जिल्ला पार्टीले ३ बिघा र कञ्चनपुरमा ४ बिघा गरि केन्द्रिय उत्पादन अन्तर्गत १४ बिघामा गरिएको धान खेती बाट ४ सय ५० क्विन्टल धान उत्पादन हुने अनुमान गरिएकाे छ। 

त्यस्तै,नेकपा सुदुरपश्चिमका विभिन्न जिल्ला समिति, युवा संगठन नेपाल र जनवर्गीय संगठनहरुले समेत सुन्तला,कागती र उत्पादनका विभिन्न काम गरिरहेका छन्।

उत्पादन कार्यमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज भरत सी `रणबीर´ ,केन्द्रिय सदस्यहरु भगतसिंह,समर,प्रकाश सी, गणेश सी र बिराट सी लगायतका नेताहरू प्रत्यक्ष काममा जुटिरहेका थिए भने रोपाइमा नेताकार्यकर्ता र स्थानीयकाे सक्रिय जनसहभागिता रहेको थियो।