वैद्य नेतृत्वको पार्टी फुट्याे,एकता भङ्ग भएको धर्मेन्द्रकाे सार्वजनिक घाेषणा

काठमाडौं।माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ।

नेकपा (क्रान्तिकार माओवादी) र नेकपा (बहुमत)बीच भएको एकता भङ्ग गरिएको धर्मेन्द्र बास्तोलाले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

मोहन वैद्य (किरण) र धर्मेन्द्र बास्तोलाले दुई बर्ष अगाडि मात्र पार्टी एकता गरेका थिए। सो पार्टीबीच एकता भएपनि दुई लाइन संघर्षले भने उग्ररूप लिएको थियो। केही दिन अगाडि मात्रै केन्द्रीय कमिटीको बैठक सम्पन्न गरिएको थियो।

केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजहरू पेस भएपनि मुख्यत दुईवटा दस्तावेजमा छलफल भएको एकजना नेताले बताएका छन्। तर केन्द्रीय कमिटीको बैठकले हल गर्न नसकेका विषय महाधिवेशनबाट टुंगोमा पुर्‍याउने सहमतिका बिच बैठक सम्पन्न गरिएको ती नेताले जानकारी दिए। उनले भने उहाँहरूले बैठककै बेला पनि अराजकता देखाउनु भएको थियोे। यस्तै गर्नलाई उहाँहरूले बैठकमा अराजकता देखाउनु भएको अहिले आएर पुष्टि भएको बताए।

उनले भने अहिलेकाे अवस्थामा कम्युनिस्ट पार्टीहरू फुटेर भन्दा पनि जुटेर अगाडि बढ्नुपर्ने बेलामा धर्मेन्द्र कमरेडहरूले छलफल बहस गर्न छाेडेर महाधिवेशन छल्न भाग्ने काम गर्नु भयो। 

यस्तो गर्नलाई किन त्यो बेला पार्टी एकता गर्नु हाेला। र वैज्ञानिक समाजवादकाे कार्यदिशा विप्लव जीसँगै मिल्ने भएपछि किन पार्टी फुटाउनु भएको हाे त्यो पनि पुष्टि गर्न सक्नु भएको छैन। 

यता पनि किन पार्टी एकता गर्नुभयो किन फेरि फुटाउनु भयो त्यो पनि पुष्टि नगरेर अहिले भाग्नु भयो। यस्तो राजनीतिकले नेपालका कम्युनिस्ट पार्टीमाथि धेरै प्रश्नहरू खडा भएका छन्। 

अब पनि कम्युनिस्ट पार्टीका नेताहरू नसुध्रिने हाे भने अझै क्षतविक्षत भएर कमजोर हुँदै जाने देखिन्छ।