रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं। रसुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि बुधबार बिहान ४:४० बजेको समयमा मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढ्दो छ।