सिमलताल दुर्घटना: सुदीपका परिवारलाई २ लाख सहयोग

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्। गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसँगै आएको पहिरोपमा परी दुई बस त्रिशुली नदीमा वेपत्ता भएका थिए।

जसमा भरतपुर महानगरका सुदीप पनि सवार थिए। उनको शव घेटिइसकेको छ। पहिरोले बगाएका दुई बसमा ६५ जना यात्रु सवार थिए। बसमा यात्रा गरिरहेकामध्ये हालसम्म २० जनाको शव भेटिएको छ भने अन्यको अवस्था अझै अज्ञात छ।