एकैदिन यतिधेरै घट्यो सुनचाँदीकाे मूल्य

काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा २ हजार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ।

यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ।