अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ५२ ग्राम सुनसहित बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक,गुल्मी सत्यवती गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन पक्राउ परेका छन्।

प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रुपैयाँ सुन बोकाएको खुलेको छ। उक्त सुन विमानस्थल एरियाको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको छ।