एसिया कप: सम्झनाको अर्धशतकमा नेपालको शानदार विजयी सुरुवात

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ।   

नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो। खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन्।

युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको थियो।