प्रचण्ड,माधव र रविले ओलीलाई विश्वासको मत नदिने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार लिने विश्वासको मतका बारे प्रतिपक्ष तीन दल नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजवादीले छलफल गरेका छन्।

नेकपा माओवादी केन्द्रको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,रास्वपाका सभापति रवि लामिछानेलगायत नेता सहभागी थिए।

“प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिने भन्ने कुरा आयो। प्रतिपक्ष दलको यो विश्वासको मतको सवालमा कसरी जान, साझा धारणाा बनाउने छलफल हो, बैठकपछि जानकारी दिँदै एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।

दुई ठूला दल मिलेर के के आधारमा सरकार बनेको त्यसबारेमा जानकारी नगराइएको उपाध्यक्ष पाण्डेले बताए। सरकारको साझा न्युनतम कार्यक्रम पनि सार्वजनिक नगरिएको पाण्डेले बताए।‘पर्सी विश्वासको मत माग्ने पनि कुनै इस्यु होला। उहाँलाई विश्वासको मत दिन सकिने नसकिने त्यही बारेमा छलफल ग¥यौं,पाण्डेले भने।