पेट्रोल र डिजेलका सवारीसाधनमा लगानी नगरौं,सरकारको निर्णय बुझ्औं

नेपालमा पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधन २०८८ सालभित्र विस्थापित गर्ने सरकारको रणनीति छ। ०७८ सालमा सरकारले उक्त निर्णय गरी राजपत्रमा समेत प्रकाशन गरेको हो। यद्यपि, अहिले पनि अटो शोरुमहरुले पेट्रोल र डिजेलबाट चल्ने नयाँ तथा पुराना सवारीसाधन बेचबिखन गरिरहेका छन्।

बैंक तथा वित्तिय संस्थाहरुले पनि यस्ता सवारीसाधनलाई मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा प्रवाह गरेका छन्। भारतबाट एक लाखमा पेट्रोल तथा डिजेलवाला गाडी किनेर ल्याएर यहाँका अटो शोरुमले सर्वसाधारणलाई पाँच लाखदेखि करोडसम्ममा बेचबिखन गरेका छन्।

अनि अटो शोरुमसँग कमिशन खाएर बैंक,वित्तिय संस्थाका सञ्चालक तथा कर्मचारीहरुले यी गाडीमा कर्जा प्रवाह गरिरहेका छन्। सरकारले ०८८ सालभित्र पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको अहिले पनि अधिकांश नागरिकलाई थाहा छैन। यसैको फाइदा उठाएर अटो शोरुमहरुले सर्वसाधारण ठगीरहेका छन्।

उनीहरु गाडी किन्न आउने ग्राहकलाई सरकारको नयाँबारे बताउँदैनन्। अनि महँगोमा गाडी भिडाएर फसाउँछन्। नेपालमा पछिल्लाा केही वर्षयता वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण हुनुको मुख्य कारण पेट्रोल,डिजेलका गाडी पनि छन्। यी गाडीले धुँवाको मुस्लो फाल्छन्। अनि वायु प्रदूषण हुनु कुनै नौलो भएन।

अर्कोतिर मुलुकको व्यापार घाटा बढ्दो छ। त्यसमाथि यस्ता गाडी खरिदले झ्नै विदेशी मुद्राको सञ्चितिमा समेत ह्रास आएको छ। बैंक, वित्तिय संस्थामा भएको रकम आम सर्वसाधारणको हो। दिनरात नभनी रगतपसिना बगाएर उनीहरुले कमाएको रकम हो।

तर, बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष, कर्मचारीहरुले घुसको आडमा यस्ता सवारीसाधनलाई कर्जा प्रवाह गर्दा जनताको रकम जोखिममा परेको छ। जथाभावी लगानीले बैंक डुब्ने त निश्चित नै छ सँगै जनताको रकम समेत डुब्ने देखिएको छ। हिजो सहकारी किन डुब्यो ? लघुवित्त, फाइनान्स कसरी डुबे ?

यीनीहरु पनि घरजग्गा, गाडी र सेयरमै लगानी गर्दा डुबेका हुन् । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले चार हजार पुर्याए । रोपनीको दश हजारमा बिक्री नहुने खेतीयोग्य जमिन दलालीहरुले खण्डीकरण गरेर आनाकै लाखौंमा बेचिदिए।

यता, गाडीमा पनि यस्तै भयो । अनि छिट्टै नाफा कमाउने आशमा आँखा चिम्लेर सहकारी, लघुवित्त र फाइनान्सले यी तीन क्षेत्रमा लगानी गरेका थिए । तर, यसमा मन्दी आउनासाथ सहकारी, लघुवित्त र फाइनान्सहरु रातारात भाग्नुपर्यो।

अहिले देशभर ५५ लाखबढी पेट्रोल, डिजेलबाट सञ्चालित सवारीसाधन सञ्चालनमा छन्। यसमा सबै बैंकको लगानी छ। सबैलाई विभिन्न बैंकले कर्जा प्रवाह गरेका छन्। यता, घरजग्गा र सेयरमा पनि बैंकले नै कर्जा लगानी गरेको छ। तीन वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले त्यसको आधा मूल्यमा बिक्री हुन्न।

चार हजार कित्तामा किनिएको सेयर अहिले सय रुपैयाँमा बिक्री नहुने अवस्था छ। २०–३० लाख हालेर किनेको गाडी पनि पाँच लाखमा बिक्दैन। बजारमा घरजग्गा, गाडी र सेयर किन्न चाहने धेरै छन्। तर, किन्ने कोही छैन। बजार पूरै मन्दीमा छ। अहिले काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली भएका छन्।

घरधनीहरु चिन्तित हुन थालेका छन्। बैंकले ऋणीबाट तानेको गाडी किन्ने कोही छैन। न त बैंकले लिलाम गरेको घरजग्गा र सेयर नै बिक्री भइरहेको छ। अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अब अर्थतन्त्र लयमा फर्किने दाबी गर्छन्। तर, कसरी अर्थतन्त्र लयमा फर्किन्छ ? यही पाराले त अर्थतन्त्र लयमा होइन, श्रींलकाको अवस्थामा पुग्ने देखिन्छ त ? कि कसो।

बैंकको कर्जा लगानी यही घरजग्गा, गाडी र सेयरमा छ । बैंकले बचतकर्ताको रकम सबै यीनै तीन क्षेत्रमा लगानी गरेका छन्। अहिले अटो व्यवसायीहरु नै भन्छन्, ‘हाम्रो ७० प्रतिशत लगानी डुबिसक्यो ।’ यसको अर्थ त एक लाखमा किनेको गाडी तीस हजारमा समेत बिक्री नहुनु हो।

यता, गर्भनर महाप्रसाद अधिकारी भन्छन्, ‘बैंकमा पैसा थुप्रियो । कोही कर्जा माग्न आएन। जनतले बुझिसके कि बैंकबाट ऋण लिएर उभो लाग्दैन। बैंक ठग, चोर हो भनेर जनताले राम्ररी बुझिसकेका छन्। अहिले भाडाका गाडीमा कर्जा लगानी गरेका बैंकहरुले साँवाब्याज पाइरहेका छन्। किनकि भाडाका गाडीले त दिनहुँ कमाउँछ र किस्ता तिर्छ।

सार्वजनिक यातायातमा दशकदेखि सिण्डिकेट छ। अनि आपतविपतमा गाडी नपाउने भएपछि आम नागरिकले बैंक, वित्तिय संस्थाबाटै महँगो ब्याजमा कर्जा लिएर दुई तथा चार पाङ्ग्रे सवारीसाधन किने। अहिले सबैको गाडी देखिन्छ। तर, त्यो सबै बैंकबाट कर्जा लिएर किनिएको हो।

अनि किस्ता तिर्न नसक्ने भएपछि अहिले बैंकले गाडी तान्न लागेको छ। फेरि बैंकले गाडी तानेर पनि के गरोस् ? किन कित्यो गाडी अब बिक्री हुन्न । एकातिर विद्युतीय सवारीसाधनको जवना, अर्कोतिर बजारमा मन्दी भएकाले बैंकको लगानी सिधैं डुब्ने देखिन्छ।

गाडीमा मात्र होइन अहिले घरजग्गाा, सेयरमा पनि बैंकले गरेको लगानी डुब्ने देखिन्छ। बैंकले हिजो घुसको आडमा जथाभावी घरजग्गा, सेयरलाई कर्जा प्रवाह गर्यो। अहिले घरजग्गाको किनबेचमा मन्दी छ। करोडको घरजग्गा त्यसको आधा मूल्यमा बिक्री हुन्न। सेयर त जुवा नै भइगयो। कहिले बढ्ने त कहिले ह्वात्तै घट्ने। सेयरमा लगानी गर्दा सीमित दलालीलाई मात्र फाइदा छ।

बैंकमा पैसा राखेका जनता आफ्नो पैसा सुरक्षित छ भनेर घरमा ढुक्क साथ बसेका छन्। तर, उनीहरुले हिजो सहकारी, लघुवित्त र फाइनान्सका बचतकर्ताहरुको भएको हालत बिर्सिए सायद। बैंकको पनिलगानी त्यँही क्षेत्रमा हो, जसमा लगानी गर्दा सहकारी, लघुवित्त र फाइनान्स रातारात भाग्नुपरेको थियो।

त्यसैले, अब बैंकका बचतकर्ता ढुक्क भएर घरमा बस्नुहुन्न। आफ्नो पैसा सुरक्षित छ वा छैन भनेर बेलाबेलामा जानकारी लिइरहनुपर्छ। साथै, आफुले पैसा राखेको बैंकको लगानी कुन–कुन क्षेत्रमा छ भनेर खोजतलास गर्नुपर्छ। योसँगै सरकारका निर्णय पनि सर्वसाधारण बुझिरहनुपर्छ। सरकारले ०८८ सालभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधन विस्थापित गर्ने निर्णय गरिसक्यो।

बैंकले पेट्रोल, डिजेलका सवारीसाधनलाई अहिले पनि कर्जा प्रवाह गरिरहेको छ। भोलि ऋणीले ऋण नतिरेपछि बैंकले त्यस्ता गाडी तान्छ। तर, सरकारले त्यो गाडी नै चल्न नदिने भएपछि बैंकको लगानी त ठाडै डुब्नेछ। त्यसैले,अब सर्वसाधारण सचेत हौं। सरकारको हरेक निर्णय बुझैं, पेट्रोल र डिजेलका सवारीसाधन नकिनौं। भोलि टाउकोमा हात लगाउनु नपरोस्। डुब्नुअघि नै बुझ्औं।