एशिया कप महिला टी–२० क्रिकेट: नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं। एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा शुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो।

यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एशिया कपमा सहभागी नेपाली महिला टोली सबै नौ खेलमा पराजित भएको थियो। पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो। आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ।

नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन्। हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ।