भ्रष्टाचार गर्दैनौँ,अरुलाई पनि गर्न दिँदैनौँ: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँका अगाडि दुनियाँले सुन्नेगरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ । यसमा ढुक्क भए हुन्छ।

उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो–कोही भ्रष्टाचारीमाथि कारबाही हुने बताए। प्रधानमन्त्री ओलीले भने,भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौं। सहकारीपीडितका सन्दर्भमा उचित निर्णय लिनेछौं। जोसुकै भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ।

उनले देशमा बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि नयाँ सरकार बनेको पनि बताए। उनले देशको विकास निर्माण भद्रगोल रहेको रहेको भन्दै आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता रहेको सुनाए।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाखभन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ।